कस्तो हुनेछ आजको मौसम ?

admin

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

यति बेला कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया