काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तोकिएको रकमको बैंक ग्यारेन्टी कागज अदालतमा बुझाएपछि उनी आजै रिहा भएको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिएका छन्।
यसअघि, कास्की जिल्ला अदालतमा परेको सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा जोशीले ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए। उक्त प्रकरणमा रास्वपा सभापति रवि लामिछानेले कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भइसकेका छन्