ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन : देउवा

admin

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताउनुभएको छ ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा आयोजना गरेको नेपालमा बैदेशिक सहयोगको अर्थ राजनीति बिषयक कार्यक्रममा सभापति देउवाले वैदेशिक सहयोगका बिषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताउनुभएको हो ।

उहाले बिभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केहि ऋण समेत अनुदानमा परिणत हुने गरेको धारण राख्नुभयो ।

एमसीसी पास गर्ने बेलामा ठूलो विरोध भएपनि विरोध भएपनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उहाले बताउनुभयो ।

सभापति देउवाले नेपाल भारत र चीनको बीचमा रहेकाले त्यहाको नीतिको असर पर्नु स्वभाविक रहेको र त्यसले फाइदा र बेफाइदा दुवै हुने गरेको धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेसका अन्य नेताहरुले परिणाम दिने आयोजनाहरुमा मात्रै नेपालले वैदेशिक सहयोग स्वीार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया