काठमाडौं । राष्ट्रिय योजना आयोगले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गर्दै १६ औं योजनाको कार्यान्वयनलाई व्यवस्थीत बनाइने जनाएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले १६ औं योजना समृद्ध नेपाल, सुखी नेपालीको आधारशिलामा तयार भएकाले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गर्दै कार्यान्वयनलाई व्यवस्थीत बनाइने जनाएको हो । १६ औं योजना कार्यान्वयनमा दिगो बिकास लक्ष्य स्थानीयकरण र अतिकम बिकसित देशबाट स्तरोन्नती हुने लक्ष्यलाई प्राथमिकतामा राखिएको आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बताउनुभयो ।
आयोगले आन्तरिक सुधारका महत्वपूर्ण कदमहरु चालेको र आयोजना बैंकको व्यवस्थीत र अध्यावधिक गर्न खोजिएको जनाएको छ ।
योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवद्र्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गरेको उपाध्यक्ष अधिकारीले बताउनुभयो । यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको उहाको भनाइ छ ।
सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पु¥याउने गरि कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने आयोगले जनाएको छ । राष्ट्रिय योजना आयोगले समपुरक अनुदान र बिशेष अनुदान मार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको जनाएको छ ।