राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयका बिरुद्ध काठमाडौंमा प्रदर्शन

admin

काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयका बिरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतघरमा प्रदर्शन भएको हो ।

नेपालीहरुको भविष्यलाई समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए ।

उनीहरुले सवै नेपालीहरु एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको धारणा राखेका थिए ।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबरस्पेश सार्वभौमसत्ता कायम गर, प्रतिक्रियाबादी व्यवस्था मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया