काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरुलाई प्रशिक्षण गरेको छ ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना बिज्ञहरुबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरुलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।
अध्यादेशको आवश्यकता, विषयबस्तु लगाएतका खुलेर छलफल भएको र सोमबार सांसदहरुले धारणा राख्ने उहाले बताउनुभयो । सांसदहरुले धारणा राखेपछि मन्त्री र शीर्ष नेताले जवाफ दिने उहाले बताउनुभयो ।
घिमिरेले मुलुकको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो । उहाले अध्यादेशमा कुनै राजनीतिक बिषय र विवादास्पद बिषय नभएको स्पष्ट पार्नुभयो । कांग्रे संसदीय दल बैठक सोमबार सम्पन्न हुने घिमिरेले जानकारी दिनुभयो ।