म प्रधानमन्त्री भए केपी ओलीलेभन्दा राम्रो काम गर्न सक्छु: गगन थापा

admin

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत बिषयहरुलाई चलाउन नहुने बताउनुभएको छ ।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केहि बिषयहरुलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भएपनि आधारभूत बिषयहरुलाई चलाउन नहुने बताउनुभएको हो ।

उहाले अर्को बिकल्प वा व्यवस्थाका बिषयमा बहस भए अर्को दश बर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राख्नुभयो । पाँच पाँच बर्षमा हुने निर्वाचनमा दलहरु जित्ने हार्ने स्वभाविक प्रक्रिया भएकाले यसलाई सवैले स्वीकार गर्न सक्नुपर्ने उहाले बताउनुभयो ।

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाले आफुहरुले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसंग देश चलाउन सक्ने बताउनुभयो ।

थापाले कांग्रेसले ८४ को चूनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदूपयोग गरेर देश र जनताको सम्मुन्नतीका लागि काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया