सरकार सञ्चालनमा कांग्रेसको पूर्ण सहयोग रहेको प्रधानमन्त्री ओलीको दाबी

admin

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा कांग्रेसबाट पूर्णरुपमा सहयोग प्राप्त भइरहेको बताउनुभएको छ ।

सोमबार भक्तपुरमा सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले दुईदलबीच भएको सहझदारीका आधारमा बनेको अहिलेको सरकारलाई कांग्रेसबाट पूर्णरुपमा सहयोग प्राप्त भएको बताउनुभएको हो ।

अवको केहि महिनापछि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने र एमालेका तर्फबाट पनि पूर्णरुपमा सहयोग हुने उहाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ठूला दल मिलेर बनेको सरकारले बिकास गर्न नसके बिकल्प नरहने भन्दै देशका सवै पालीकामा बिकास गर्न कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने धारणा राख्नुभयो ।

सरकार ढल्छ भन्दै विलौना गर्नुको कुनै अर्थ नरहेको उहाले बताउनुभयो । उहाँले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलाका तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया