पार्टी राजनीतिमा सक्रिय हुने समय आइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

admin

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिमा लागेर जिम्मेवारी लिने वा नलिने भन्ने बिषयमा आफुले कुनै निर्णय नगरेको बताउनुभएको छ ।

सोमबार बिराटनगरमा सञ्चारकमीसंग कुरा गर्दै भण्डारीले आफु दलको नेतृत्व गरेर राजनीति गर्न तयार भइनसकेको र त्यस्तो कुनै निर्णय समेत नगरेको बताउनुभएको हो ।

उहाले आफु पहिले एमालेमै रहेको र फेरी पनि राजनीतिकमा फर्किने हो भने एमालेमा नै फर्किने बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारीले सदस्यता प्राप्तिका लागि एमालेमा कुनै निवेदन नदिएको समेत बताउनुभयो ।

भण्डारीले राष्ट्रिय राजनीतिकबाट फरक नभएकाले त्यसमा चासो हुनु स्वभाविक भएको धारणा राख्नुभयो । देशको स्थायीत्व, शान्ति, प्रगतीमा आफ्नो गहिरो चासो रहेको उहाको भनाइ छ ।

भण्डारीले युवाहरुलाई नेपालमै कसरी रोकेर राख्ने र उनीहरूलाई रोजगार उपलब्ध गराउने विषयमा गम्भीर बहस र छलफलमा आफु जुटेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया