सरकारले हतार गरेर अध्यादेश ल्यायो : शेखर कोइराला

admin

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले हत्तार गरेर अध्यादेश ल्याएको भन्दै आलोचना गर्नुभएको छ । सोमवार विराटनगरमा नोना कोइराला पत्रकारीता पुरस्कार बितरण कार्यक्रममा कोइरालाले

संसदलाई ढकेलेर अध्यायदेश ल्याउनु गलत भएको बताउनुभयो । उहाले दुइतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आम जनमानसमा नराम्रो सोच आउने धारणा राख्नुभयो । संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृतिलाई अन्त्य गर्नुपर्ने उहाले बताउनुभयो ।

नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ नेता डा. कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गर्नुभयो ।

प्रतिक्रिया