काठमाडौं । देशभरको मौसम मंगलबार मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ। बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
सोमबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो । हिजोको भन्दा आज तापक्रम केही बढेको हो।