समाजवादी मोर्चाद्वारा चैत २४ गते सरकारविरोधी जनप्रदर्शन गर्ने निर्णय

admin

 

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारबिरुद्ध जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका बिरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।

देशमा स्वाधीनताको मुद्धामा समस्या देखिएको, जनजिविकाको बिषय जटिल बन्दै गएको र राज्य सञ्चालकको चरित्र गणतन्त्र विरोधी देखिएको र बहुदलीय व्यवस्थालाई कमजोर बनाउने देखिएकाले जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

त्यसअघि चैत्रको पहिलो हप्ता मधेशमा जनप्रदर्शनसहितको सभा गर्ने निर्णय भएको उहाले बताउनुभयो । त्यस्तै मोर्चाको बैठकले जिल्ला जिल्लामा मोर्चाको संगठन संरचनालाई विस्तार गर्ने र यसअघि नै गठन भएका जिल्ला स्तरीय मोर्चालाई थप सक्रिय बनाउने निर्णय भएको विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले उपेन्द्र यादव मोर्चाबाट बाहिरिएपछि मधेशको जिम्मेवारी नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलाई दिने निणैय गरेको उहाले बताउनुभयो । त्यस्तै मोर्चाको विचार र उदेश्यलाई आम जनतालाई पुराउन समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया