अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको उपमहासचिव ज्ञवालीको दाबी

admin

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह देखिएको बताउनुभएको छ ।

प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रुपान्तरण र सुशासन कायम गर्ने गरि सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह देखिएको बताउनुभएको हो । ज्ञवालीले संसदमा दर्ता भएको सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने जिकिर गर्नुभयो ।

त्यस्तै उहाले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको धारणा राख्नुभयो । यस्तै उपमहासचिव ज्ञवालीले एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाका बिषयमा संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित नभएको उल्लेख गर्नुभयो ।

नेता ज्ञवालीले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताउनुभयो ।

प्रतिक्रिया