काठमाडौं । मधेश केन्द्रीत ८ दलीय मोर्चाको कार्यदलले आचारसंहितका साथै एजेण्डा बनाउन ड्राफ्ट कमिटी गठन गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले मधेश केन्द्रीत ८ दलीय मोर्चाको नाम, एजेण्डा, आचारसंहिता लगाएत बनाउनका लागि तीन सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर पारित गर्ने उहाले बताउनुभयो । कार्यदलबाट पारित भएपछि मधेश केन्द्रीत ८ को शीर्ष तहमा प्रस्तुत गरि आवश्यक निर्णय लिइने कर्णले बताउनुभयो ।
यसअघि बिहीबार बसेको मधेश केन्द्रीत ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् ।