कस्तो रहनेछ आजको मौसम ?

admin

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति बेला कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज कोशी तथा कर्णाली प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यत सफा रहने पूर्वानुमान छ ।

प्रतिक्रिया