काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सहकारी सम्बन्धी अध्यादेशबाट सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कांग्रेस सहकारी बिभागले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सहकारी क्षेत्रमा देखिएका समस्या र बिकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको भन्दै यसबाट समग्र सहकारी क्षेत्रको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेको भन्दै उहाले त्यसको सुरक्षाको ग्यारेन्टी गराउनुपर्ने उहाले बताउनुभयो । सभापति देउवाले सहकारी क्षेत्रको बिकास हुन सके समग्र अर्थतन्त्रकै बिकास हुने जिकिर गर्नुभयो ।
उहाले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्व निकै रहेकाले कांग्रेसले सहकारी आन्दोलनलाई आम नागरिकसमक्ष पुराउन खोजेको बताउनुभयो ।