सट्टेबाजी खेलाउने २४ जना पक्राउ, १० भारतीय संलग्न

admin

काठमाडौं । सट्टेबाजी खेलाउने १० जना भारतीयसहित २४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २४ जनालाई ललितपुर महानगरपालिका–२ सानेपास्थित दुई वटा घरबाट पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले उनीहरूले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको कारोबार गरेको भेटिएको बताए । उनीहरुले विश्वभर सञ्चालन हुने अनलाइन गेमका ८ वटाभन्दा बढी बेटिङ साइटको प्रयोग गरी सट्टेबाजी गराएको पाइएको छ ।

उनीहरुले दुई वटा घरलाई भाडामा लिएर व्यवसायिक तवरले अनलाइन बेटिङ खेलाउने काम गरिरहेको पाइएको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन् ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार जुवा खेल्न वा खेलाउन नहुने र विदेशी विनिमय नियमित गर्ने ऐन अनुसार अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया