काठमाडौं । मधेश केन्द्रीत ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ ।
सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टिकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको जनाएको थियो ।
त्यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको बिषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जानकारी दिनुभयो ।
बैठकमा अध्यादेशको बिषय, मोर्चाको नाम लगाएतका बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो । मधेश केन्द्रीत ८ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो ।