जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

admin

काठमाडौं । जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ ।

आयोजक संवाद फाउण्डेशनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।

नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसंगै चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिलाको संस्कृति बिश्वमाझ चिनाउनका लागि जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव महत्वपूर्ण हुने विश्वस व्यक्त गर्नुभयो ।

उहाले महोत्सवमा मिथिलाका साथै नेपालमा निर्माण भएका सवै भाषभाषीका चलचित्रलाई पनि समावेश गर्न सुझाव दिनुभयो ।

महोत्सवमा १ सय १४ भन्दा बढि देशका चलचित्रहरुले आवदेन दिएको र नेपाली पानोराममा नेपालबाट आवदेन आउने क्रम जारी रहेको संवाद फाउण्डेशनले जनाएको छ ।

प्रतिक्रिया