काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि घरेलु टोली नेपाल पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डसंग पाँच रनले पराजित भएको हो । पराजयसंगै नेपाल उपाधी होडबाट बाहिरिएको छ ।
थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो ।
थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिईन् । नेपालले अव बुधबार नेदरल्यान्ड्स र अन्तिम खेलमा थाइल्यान्डसंग खेल्ने छ ।