बिहीबारको संसद बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपा संसदीय दलको निर्णय

admin

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिनुभयो । उहाँले दलको बैठकमा तीन वटा एजेण्डाहरु रहेको र जसमा संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताउनु भयो ।

उहाँले पार्टी सभापति रवि लामाछिनेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरुको नाम समेत टुङ्गो लगाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया