काठमाडौं । चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार साहारा चितवन सहकारीको बचत रकम ठगी प्रकरणमा अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
रवि लामिछानेले यस अदालतमा बयान गर्दा आफु निर्दोष रहेको भनी कसूरमा इन्कार रहेको भएतापनि प्राप्त प्रमाणका आधारमा कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्था देखिएको आदेशमा उल्लेख रहेको आचार्यले बताउनुभयो ।
यसअघि लामिछाने सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा हुनुभएको थियो ।