क्यान इन्फोटेक २०२५ भृकुटीमण्डपमा जारि, प्रविधि प्रदर्शनीमा विशेष छुट (फोटो फिचर)

admin

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा संचालन भइरहेको छ । माघ २५ गतेदेखि सञ्चालनमा आएको यो प्रविधि प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको हो।

५ दिनसम्म चल्ने यो प्रदर्शनीमा करिब १५० स्टलहरू राखिएका छन्, जसमा कम्प्युटर, डिजिटल मार्केटिङ, सफ्टवेयर, साइबर सुरक्षा, तथा अन्य सूचना प्रविधिसम्बन्धी सामग्रीहरू प्रदर्शित छन्। प्रदर्शनी अवधिभर विभिन्न प्रविधि सम्बन्धी सामानहरूमा १० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ।

नवीनतम प्रविधि र आविष्कारहरू प्रस्तुत गरिएको क्यान इन्फोटेकले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ। साथै, प्रदर्शनी स्थलमै राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा प्रविष्टि सेवा समेत उपलब्ध गराइएको छ।

 

प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणका लागि टिकट शुल्क १०० रुपैयाँ तथा विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। ज्येष्ठ नागरिक, फरक क्षमताका व्यक्ति, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि सामूहिक अवलोकनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

क्यान इन्फोटेक २०२५ माघ २८ गतेसम्म सञ्चालन हुनेछ।

तस्विर : मच्छे नारायण श्रेष्ठ/ पिएनपि खबर 

प्रतिक्रिया