वर्तमान सरकार कानून उल्लंघन गर्दै अगाडि बढ्दै : माधव कुमार नेपाल

admin

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले कानूनको खुलेआम उल्लंघन गरेर अगाडि बढेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कानूनको रक्षक हुनुपर्ने सरकार भक्षक हुँदै गएको र सरकारले नै खुलेआम कानूनको उलंघन गरेको बताउनुभएको हो ।

वर्तमान सरकारमा दुईतिहाईको दम्भ सवार भएको भन्दै उहाले समितिमा विचाराधीन भएका विधेयक फिर्ता नलिइ सोहि बिषयमा अध्यादेश ल्याएको धारणा राख्नुभयो । उहाले अध्यादेशमार्फत ३० वटा कानूनमा संशोधन गर्न खोज्नु सहि नियत नरहेको बताउनुभयो ।

उहाले मिडियालाई नियन्त्रण गर्ने सरकारको कामको व्यापक भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले बिपक्षी दलको खवरदारीकै कारण संसद बोलाउन सरकार तयार भएको भन्दै आगामी दिनमा सरकारको गलत कामबिरुद्ध एक भएर लाग्ने बताउनुभयो । उहाले सरकारको गलत कुरामा साथ दिन नसक्ने स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया