काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुन नसक्ने बताउनु भएको छ ।
सगरमाथा प्रतिष्ठान नेपालको २४ औ वार्षिक उत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्ँत्री दाहालले सकारात्मक र समृद्ध समाजको निर्माणका लागि सकारात्मक सन्देश र विचार सम्प्रेशित तथा प्रचार हुनुपर्ने समेत बताउनुभयो ।
समाजवाद स्थापनाका लागि लोककल्याणकारी राज्य निर्माण हुनु पर्ने भन्दै उहाले संविधानलेनै व्यवस्था गरेको समाजवादबाट कोहि पनि भ्रममा पर्न नहुने धारणा राख्नुभयो । मन्त्री दाहालले अशिक्षा, गरिवी र अभावले देश पछि परेको भन्दै सवै कुराको अभाव हट्न सके देश समृद्ध हुनसक्ने धारणा राख्नुभयो । उहाले देशमा भएका प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोगबाट देशलाई माथि उठाउन सकिने बताउनुभयो ।
कार्यक्रममा शिक्षा, संगीत, स्वास्थ्य, दर्शन, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो ।