काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले खानेपानी संस्थानमा देखिएको बेतिथि अन्त्य गर्दै नाफामा लगेर छाड्ने प्रतिवद्धता जनाउनुभएको छ ।
संस्थानको ३६ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले नयाँ योजनाका साथ संस्थानमा देखिएको बेतिथि अन्त्य गर्दै घाटामा रहेको संस्थानलाई नाफामा लगेर छाड्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उहाले केहि कर्मचारीहरुले संस्थाको हित बिपरित काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । संस्थानलाई कार्यबहाकको भरमा धेरै दिन चलाउन नसकिने भन्दै छिटै महाप्रवन्धक नियुक्त गर्ने उहाले जानकारी दिनुभयो ।
उहाले आफु मन्त्रालयमा आएपछि खानेपानीको क्षेत्रमा धेरै सकारात्मक काम भएका कारण जनताको असन्तुष्टि अन्त्य भएको दावी गर्नुभयो । मन्त्री यादवले जनतालाई हितमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा संस्थानका केहि कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।