काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले आफूलाई हराउन भोको पेट मार्ने प्रयास गरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिँडेको व्यक्ति भएको दाबी गरेका छन्।
उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ। हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे!”
साथै, उनले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भनेका छन्, “मलाई हराउने ताकमा, देशलाई चैं नडुबाउनु होला!!”
बालेन शाहको यो अभिव्यक्ति हाल काठमाडौं महानगर र संघीय सरकारबीच देखिएको विवादसँग जोडिएको अनुमान गरिएको छ।