गलत प्रवृतीलाई चिर्दै सरकार अघी बढिरहेको छ: प्रधानमन्त्री ओली

admin

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै अघि बढ्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै मुलुकको बिकास र समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको हो ।

अहिले विरोधको लागि विरोध गर्ने प्रवृत्ति देखिएको भन्दै राम्रो काम गर्न नरोकिने उहाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने जिकिर गर्नुभयो ।

उहाँले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया