मन्त्रिपरिषद्ले उर्जामन्त्रीलाई दियो कुलमानलाई स्पष्टीकरण सोध्ने अधिकार

admin

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार प्रदान गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउन आवश्यक कारण स्पष्ट पार्न स्पष्टीकरण माग्न अनुमति दिएको एक मन्त्रीले जानकारी दिएका छन्।

साथै, सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारका रूपमा अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। हाल देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशकका रूपमा कार्यरत छन्।

डा. देवकोटाले २०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरी मेडिकल अधिकृतदेखि विभिन्न पदहरूमा रहेर जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयका महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिव लगायतका जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रिया