पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

admin

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

पोखराबाट आइतबार अपरान्ह काठमाडौं आएपुग्नुभएका पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका हुन् । उहालाई त्रिभुवन बिमानस्थलभित्र राप्रपाका नेताहरुले स्वागत गरेका थिए भने त्रिभुवन बिमानस्थलको प्रवेशद्वारमा ठूलो संख्यामा सहभागी समर्थकहरुले स्वागत गरेका थिए ।

शाहलाई स्वागत गर्न समर्थकहरु नेपाली झण्डा सहित बिभिन्न स्थानबाट बिमानस्थल पुगेका थिए ।

प्रतिक्रिया