प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

admin

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज (मंगलबार) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्।

सचिवालयका अनुसार, आजको बैठकमा सो संशोधनमाथि छलफल हुनेछ। साथै, मन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष पेश गर्नेछन्।

प्रतिक्रिया