काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक रहेको बताउनुभएको छ ।
मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्र्ताैलाले झण्डै दुईतिहाइको संसदले बनाएको सरकारलाई बिचौलियाको सरकार भन्नु खेदजनक रहेको भन्दै आफुलाई सच्चाउनुपर्ने बताउनुभयो ।
वर्तमान सरकार सुशासनमा केन्द्रीत रहेको भन्दै उहाले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गर्नुभयो ।
बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानूनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै बिपक्षी भएकै कारण विरोध गरिएको बताउनुभयो । उहाले बिपक्षी दललाई सदनमा प्रयाप्त स्पेश दिइरहेको धारणा राख्नुभयो ।
उहाले प्रधानमन्त्री केपी ओलीको निकै अघिदेखिएको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण बिपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थीत हुन नसकेको बताउनुभयो ।