काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्।
प्रधानमन्त्री एवं केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। उनलाई नियुक्ति पत्र ग्रहण गर्न प्रधानमन्त्री कार्यालय बोलाइएको छ।
यसअघि माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपति को जिम्मेवारीमा थिए।