काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताउनुभएको छ ।
बुधबार काठमाडौंको माइतिघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै भट्टराईले संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएर पालैपालो सरकारको नेतृत्व गरेको जनताले देखिसकेको भन्दै ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताउनुभएको हो ।
सरकारमा रहेका बेला सवै ठीक र सरकारबाट बाहिरिएको भोलीपल्ट सवै बेठीक भनेर गफ दिनेहरुबाट देश र जनताको भलो हुन नसक्ने उहाले बताउनुभयो । त्यस्तै भट्टराईले देशको समस्या राजतन्त्र ल्याएर समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो । उहाले जनताले हटाएको राजसंस्थालाई कुनै महत्व दिन आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्र आउन कुनै सम्भाबना समेत नरहेको जिकिर गर्नुभयो ।
भट्टराईले अहिलेको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातीक संसदीय व्यवस्था कायम हुनुपर्ने धारणा राख्नुभयो ।