पूर्वराजाका पक्षमा दुई तिहाई बहुमत सम्भव छैन :शंकर पोखरेल

admin

मोरङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजाको पक्षमा कहिल्यै दुई तिहाई बहुमत नपुग्ने दाबी गरेका छन्।

आइतबार विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १०औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत राजतन्त्र पक्षधरहरूले प्राप्त गर्न नसक्ने बताएका हुन्।

महासचिव पोखरेलले जनताले चाहेजस्तो लोकतन्त्र पूर्ण रूपमा स्थापित हुन नसकेको स्वीकार गर्दै गणतन्त्र उल्टाउने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

‘हाल देखिएका गतिविधिहरूले लोकतन्त्र दुर्घटनामा परे जनताले ठूलो दुःख भोग्नुपर्नेछ,’ उनले भने, ‘जनतामा निराशा देखिएको छ, जसलाई प्रतिगामी तत्वहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने प्रयास गरिरहेका छन्। यदि जनतामा देखिएको निराशा चिर्न सकियो भने वर्तमान दुई दलीय गठबन्धन सफल हुनेछ।’

उनले एमाले र कांग्रेसको राष्ट्रिय सभामा दुई तिहाई बहुमत नभएकै कारण संविधान संशोधन हुन नसकेको पनि बताए।

प्रतिक्रिया