तीनकुने घटनाले गहिरो पीडा दिएको छ: पूर्वराजा ज्ञानेन्द्र

admin

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा आइतबार सार्वजनिक गरिएको शुभकामना सन्देशमार्फत उनले सो घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

तीनकुने घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजाको प्रतिक्रिया माग गरेका थिए। उक्त प्रतिक्रिया स्वरूप पूर्वराजा शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन्, “केही दिनअघि जनप्रदर्शनमा देखिएको हिंसा, आगजनी र तोडफोडका कारण भएको मानवीय र भौतिक क्षतिले हामीलाई गहिरो पीडा दिएको छ।”

चैत १५ गते तीनकुनेमा डा. दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको थियो। सो प्रदर्शन हिंसात्मक मोड लिँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।

पूर्वराजाको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा चासोका रूपमा हेरिएको छ।

यस्तो छ, पूर्वराजा ज्ञानेन्द्रको नयाँ वर्ष शुभकामना सन्देशः

 

प्रतिक्रिया