कहाँ कति भयो वर्षा? आज कस्तो रहला मौसम?

admin

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको ढुंगे स्टेसनमा बिहीबार सबैभन्दा बढी ८६.६ मिलिमिटर वर्षा मापन गरिएको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार हालसम्मको वर्षामध्ये यो सबैभन्दा धेरै हो। यसैगरी, ललितपुरको टिकाथलीमा ७८.६ मिलिमिटर र खुमलटारमा ६७ मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभरको अधिकांश भू–भागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको थियो। यद्यपि, शुक्रबारको तुलनामा आज वर्षा केही कम हुने अनुमान गरिएको छ।

तर पनि स्थानीय वायु प्रणाली र पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका विभिन्न भागमा अझै मौसम बदली रहनेछ। विशेषतः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेश लगायत अन्य पहाडी क्षेत्रमा दिउँसो र राति मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको पनि सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया