काठमाडौं। स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी भू -भागमा आंशिक बदली रही बाँकी भू -भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू -भागका साथै अन्य प्रदेशको पहाडी भू – भागमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू -भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मेघगर्जन, चट्याङ, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।