जीपमा करेन्ट लागेर ४ जनाको मृत्यु

admin

ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जीपमा करेन्ट प्रवाह हुँदा चार जनाको ज्यान गएको छ। सेवारो चोक भन्ने स्थानमा सडक किनारमा रहेको बिजुलीको पोलबाट लत्रिएको तारमा जीप अल्झिँदा दुर्घटना भएको हो।

‘मे १ च ३०११’ नम्बरको बोलेरो जीप तारमा अल्झिएपछि करेन्ट प्रवाह भई जीपमा आगलागीसमेत भएको थियो। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार उक्त जीप तीर्थयात्रु बोकेर पाथीभरा मन्दिरतर्फ जाँदै थियो। घटनापछि घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया