राति नै छुटे धवलशमशेर

admin

काठमाडौं — राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। चैत १५ गतेको प्रदर्शनमा उत्तेजक भूमिका खेलेको अभियोगमा राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिँदै आएकोमा, स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा आइतबार राति रिहा गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार राणालाई उनकी पत्नी प्रतिभा राणाको जिम्मामा रिहा गरिएको हो। प्रहरीले धवल राणा परिवारलाई बेलुका ५ बजे बोलाएको थियो, तर उनकी पत्नी ७ बजेपछि मात्र प्रहरी कार्यालय पुगेकी थिइन्। सबै कानुनी प्रक्रिया पूरा गरेर राणा करिब ९ बजेतिर कार्यालयबाट बाहिरिएको एसएसपी अधिकारीले जानकारी दिए।

यद्यपि उनी रिहा भए पनि उनको विरुद्धमा चलिरहेको मुद्दा भने विचाराधीन अवस्थामा नै रहने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया