शिक्षक आन्दोलनमा पत्रकार सविना कार्की घाइते

admin

काठमाडौं । शिक्षक र प्रहरीबीच आइतबार नयाँ बानेश्वरमा भएको झडपमा क्रममा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ ।

घाइते भएपछि उपचारका लागि कार्कीलाई तिलगंगा आँखा अस्पताल पुराइएको थियो । अस्पतालका चिकित्सक डा. शिवान्सी श्रेष्ठले चोटको कारणले दुवै आँखाको लेन्सहरु सुन्निएको र आँखाभित्र रगत जमेको जानकारी दिनुभयो । आँखाभित्र रगत जमेका कारण आँखाको प्रेसर बढेको र रेटिनाको अवस्था जाँच गर्न समस्या भएको उहाले बताउनुभयो । रगत जमेको अवस्था कम भएपछि रेटिनाको अवस्था परिक्षण हुने भन्दै डा श्रेष्ठले अहिले औषधी दिइएको जानकारी दिनुभयो ।

पत्रकार कार्कीले निषेधित क्षेत्र तोड्नलाई आक्रोशित भएपछि एक्कासी प्रहरीले पानीको फोहोरा प्रहार गर्दा आफुलाई लागेको बताउनुभयो । शनिबार नै निषेधित क्षेत्र खोजेका शिक्षकहरुले आइतबार त्यस्तै मनस्थीति बनाएर प्रदर्शनमा उत्रिदा झडपको अवस्था आएको उहाको भनाइ छ । उहाले समाचार संकलन गरिरहदा एक्कासी पानीको फोहोरा आएर आफ्नो आँखामा लागेको बताउनुभयो ।

यस्तै पत्रकार कार्कीको स्वास्थ्य अवस्थाको जानकारी लिदै पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पछिल्लो समय पत्रकारको सुरक्षामा चूनौति देखिएको बताउनुभयो । चैत्र १५ गतदेखि अहिलेको सम्मको घटनामा पत्रकारहरुले पनि आफ्नो सुरक्षा ख्याल गरेर मात्रै घटनास्थलमा जाने अवस्था पैदा भएको उहाले उल्लेख गर्नुभयो । उहाले पत्रकार महासंघले गर्नुपर्ने दायित्वका लागि आफु अग्रसर रहेको बताउनुभयो ।

प्रतिक्रिया