शिक्षकमाथि दमन गरेर सरकार निरंकुश बन्दै गएको सांसद दाहालको आरोप

admin

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरुमाथि दमन गरेर सरकारले निरंकुश प्रवृति देखाएको आरोप लगाउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको माग अनुसार ऐन बनाउन तदारुपता देखाउनुपर्नेमा शिक्षकहरुमाथि दमन गरेर सरकारले निरंकुश प्रवृति देखाएको आरोप लगाउनुभएको हो । उहाले बिभिन्न माग लिएर सडकमा आउनुपर्ने बाध्यता सरकारको लापरवाहीका कारण भएको जिकिर गर्नुभयो ।

दाहालले आइतबार बानेश्वरमा शिक्षकहरुमाथि दमन भएको भन्दै भत्र्सना गर्नुभयो । उहाले शिक्षकहरुलाई माओवादीले उत्तेजित पार्यो भन्ने आरोपको खण्डन समेत गर्नुभयो ।

प्रतिक्रिया