काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नवनाउन माओवादीलाई सुझाव दिनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताउनुभयो ।
उहाले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको बिकास हुन नसक्ने तर्क गर्नुभयो । विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने उहाले बताउनुभयो ।
त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थीति नभएको उल्लेख गर्नुभयो । उहाले समितिमा बिचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामुहिक प्रतिवद्धता आवश्यक पर्ने जिकिर गर्नुभयो ।