आज २०८२ साल वैशाख १७ गते बुधबारको राशिफल हेर्नुहोस्

admin

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने जोखिम छ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृष : दिन राम्रो छ। बोलीका कारण ठुलाठुला काम बन्नेछन्। मुखमा सरस्वतीको बास छ। स्वास्थ्यको उपचार हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। स्वदेशको भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ।

मिथुन : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

कर्कट : दिन राम्रो छ। तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आज बनेको योजना दीर्घकालसम्म रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ। परिवारको साथ र सहयोग मिल्नेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

कन्या : बौद्धिक क्षेत्रको यात्रा तय हुनेछ। धार्मिक क्षेत्रको यात्राले मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ। मनमा शान्ति मिल्नेछ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले विपक्षीले प्रशंसा गर्नेछन्।
तुला : विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ। पुराना साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ।

वृश्चिक : मनमा उत्साह थपिने छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वको साथ मिल्नेछ। गणेशको पूजा गरेर दिनको सुरुवात गर्नुहोला।

धनु : दिन राम्रो छ। हरेक क्रियाकलापमा अग्रजको सल्लाह लिनुपर्ने समय छ। औषधी नियमित नगर्नाले स्वास्थ्यमा समस्या आइपर्न सक्छ। अध्ययनको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। विपक्षी भनेका साथीको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्धमा मनमुटाव हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले झन्झट थपिनेछ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएको भए राम्रा काम बन्नेछन्। विपक्षी साथी कमजोर हुनेछन्। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ।

मीन : संयुक्त लगानीबाट मात्र फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ। औषधी नियमित गर्नुपर्ने दिन छ। विपक्षीको साथ मिल्दा मन शान्त बन्नेछ।

प्रतिक्रिया