आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल हेर्नुहोस्

admin

मेष : दिन सामान्य राम्रो छ। मनमा खटपटी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। सोचेको काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट नाफा हुने योग छ। विदेशमा गरेको लगानी र व्यापारबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : आफन्तसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ। तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। मिहिनेत गरेर सुरुवात गरेको योजना दीर्घकालसम्म रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। यात्राले मनमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा आर्जन हुने योग रहेको छ।

तुला : दिन राम्रो छ। औषधी नियमित गर्न सके स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वको साथ मिल्नेछ।

धनु : दिन सामान्य छ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। साना कुराले झन्झट थपिनेछ। विपक्षी साथी कमजोर बन्दा केही योजना सफल बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ।

मकर : आफ्नो ख्याल आफैं गर्नुपर्नेछ। विरोधी साथीसँग सचेत बन्नुपर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। विपक्षी भनेका साथीको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने योग छ।

मीन : बोलीमा सुधार गर्नुपर्ने दिन छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। अग्रजसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ।

प्रतिक्रिया