मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुको सेवा गरेमा ठूलो उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजमा सम्मान प्रप्त गर्ने योग छ।
वृष : तपाईंका लागि दिन राम्रो छ। तपाईंले बनाएका योजना सफल हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले मन तान्ने देखिन्छ।
मिथुन : राज्यको तर्फबाट त्रास बढ्ने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्नेछ। जुनसुकै क्षेत्रमा मिहिनेत धेरै गर्दामात्र सफलता मिल्नेछ। सामाजिक क्षेत्र विवाद हुने जोखिम छ।
कर्कट : फलफूलको व्यापारबाट फाइदा हुनेछ। आज समाजले तपाईंलाई सम्मान गर्नेछ। पारिवारिकसँगको भेटले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : दिन सामान्य छ। दैनिक काममा परिवारको बोझ थपिनेछ। आज तपाईंले जुनसुकै काम गर्दा पनि मिहिनेत गर्नुपर्ने छ। परिवारमा वादविवाद हुनसक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।
कन्या : दिन राम्रो छ। ग्रह अनुकुल रहेका छन्। अप्ठेरो अवस्थामा विपक्षीलाई सँगसँगै लिएर काम गर्नु राम्रो हुनेछ। पारिवासँगको सम्बन्धमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : विरोधीसँग सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ। अन्य क्षेत्रमा संकट भए पनि स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने छ। पुराना योजना सफल बन्नेछन्। विपक्षीले असहयोग गर्ने भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।
धनु : दिन समान्य छ। ठुलो योजना सुरु नगर्नु राम्रो हुनेछ। गुरुसँग सल्लाह लिएर शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। आफूले आफूलाई नै मूल्यांकन गर्नु राम्रो हुनेछ। ग्रह प्रतिकुल रहेकाले काम गर्दा सकारात्मक हुनुपर्ने छ। परिवारमा थोरै बोल्दा आफ्नो जित हुनेछ।
कुम्भ : थोरै बोलेर मिहिनेत धेरै गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा लगानी भए राम्रो उपलब्धि प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको श्रमबाट फाइदा हुनेछ।
मीन : धार्मिक कार्यमा सहभागी भएर दैनिक काम गर्नु राम्रो हुनेछ। पुरानो लगानी भए शिक्षा र स्वास्थ्यमा ठुलो उपलब्धि हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहला।