काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा चिप्लिएर घाइते भएका छन्।
गएको राति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा चिप्लिएर लडेपछि उनलाई तत्काल उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो।
अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा सामान्य चोट लागेको छ र टाँका लगाइएको छ।
हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।