भारत–पाकिस्तानबीच युद्ध सुरु

admin

काठमाडौं । भारत र पाकिस्तानबीच जम्मू-कश्मीरको पहलगाममा पर्यटकमाथि हमला भएपछि अवस्था तनावपूर्ण बनेको छ । २६ जनाको हत्या भएको घटनापछि भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ भने पाकिस्ताले पनि भारतमाथि जवाफी आक्रमण गरेको छ ।

भारत प्रशासित काश्मीरमा पाकिस्तानी सेनाले गरेको गोला प्रहारमा तीन जना सर्वसाधारणको ज्यान गएको भारतीय सेनाले जनाएको छ । नियन्त्रण रेखा पारिबाट गोलीबारी र तोप आक्रमण भएपछि भारतीय सेनाले पनि जवाफी कारबाही गरेको जनाएको छ । स्थिति तनावपूर्ण बनेपछि जम्मु, साम्बा, कठुआ, राजौरी र पुंछका सबै विद्यालय र कलेजहरू बन्द गरिएका छन् ।

५ वटा लडाकु विमान खसालेको पाकिस्तानको दाबी
पाकिस्तानले भारतका पाँच वटा लडाकु विमान र एक ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानकाअनुसार तीनवटा राफाल, एक मिग–२९, एक सुखोई–३० विमान र एक हेरोन ड्रोन खसालिएका हुन् । भारतले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित काश्मीरका ६ स्थानमा २४ वटा आक्रमण गरेको पाकिस्तानी सेनाले जनाएको छ । आक्रमणमा ८ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । मृतकमध्ये ३ वर्षीया बालिका र १६ वर्षीया किशोरीसमेत छन् । मस्जिदहरू समेत निशाना बनेको पाकिस्तानले दाबी गरेको छ ।सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकेका छैनन् ।

प्रतिक्रिया