मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।
वृष : तपाईंमाथि आज राज्यको निगरानी रहनेछ। स्वास्थ्यमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। काम गर्दा धैर्य बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको महत्त्वपूर्ण निकायमा महत्त्वपूर्ण जिम्मेवारीको सम्भावना छ। परिवारमा संकट आइपर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।
कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्ने छन्। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल भने प्राप्त हुनेछ।
सिंह : बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। साना कुराले झन्झट आइपर्नेछन्। रोगको प्रकोप बढ्नेछ। आफन्तको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।
कन्या : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। परिवारमा तीर्थ यात्राको तय हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा भने विवाद र झगडा बढ्नेछ।
तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ, सहयोग र सुझाव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : अनावश्यक खर्च बढ्ने दिन छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा भने लाभ हुनेछ। विपक्षी भनेका साथीहरुले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ।
धनु : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। इज्जत जोगाउने कुरामा संकट आइपर्ने खतरा छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुनेछ। विदेशमा भन्दा स्वदेशमा रोजगारीको अवसर देखेर उत्साह बढ्नेछ।
मकर : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यका तर्फबाट त्रास बढ्नेछ। शान्त भएर अगाडि बढ्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा समस्या हुने खतरा छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।
कुम्भ : दिन सामान्य राम्रो छ। परिवारमा बोझ बढ्नेछ। मनमा अनावश्यक चिन्ता बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ।
मीन : मध्य साढेसातीका दशाले मनमा चिन्ता थपिनेछन्। स्वास्थ्यमा ख्याल नगर्दा संकट बढ्नेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।