काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नागरिकमा देखिएका निराशाहरुलाई चिर्नेगरि बजेटका प्राथमिकता र सिद्धान्त आएको बताउनुभएको छ ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले जनतामा सकारात्मक भावना जागृत गर्दै निराशाहरु चिर्ने गरि बजेटका प्राथमिकता र सिद्धान्त आएको बताउनुभएको हो ।
उद्यमशीलताको प्रवद्र्धन, लगानीमैत्री वातावरण बनाउने बिषयमा सरकारले बिशेष ध्यान दिएको उहाले बताउनुभयो ।
बर्तौलाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रोत्साहित गर्ने, वैदेशिक लगानी बृद्धि गर्दै औधोगिकरणको बिकासदेखि रोजगारी प्रवद्र्धन लगाएतका पाटोलाई सरकारले बिशेष ख्याल गरेको दावी गर्नुभयो ।
त्यस्तै सरकारले बजेटका प्राथमिकता र सिद्धान्तमार्फत सुशासनलाई प्रवद्र्धन र नागरिकका लागि राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजेको देखिएको उल्लेख गर्नुभयो ।
उहाले अर्थतन्त्रको सीमा र चापभित्र रहेर सरकारले खास खास योजनालाई प्राथमिकता दिनेगरि अगाडी बढाउन खोजेको बताउनुभयो ।